भूमि सम्बन्धी विधेयकमाथि छलफल सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

भूमि सम्बन्धी विधेयकको छलफल सुरु भएको छ ।प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफल सुरु भएको हो । आज यो विधेयक पारित गर्ने तयारी गरिएको छ ।

बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।गत बिहीबार समितिले साढे पाँच घण्टासम्म छलफल गरेर विधेयकमाथिको दफावार छलफल सकाएको थियो ।

  • २५ श्रावण २०८२, आईतवार १४:२० प्रकाशित