साताको पहिलो दिन आज सुनको मूल्य कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको हो ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएको छ । शुक्रबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • २५ श्रावण २०८२, आईतवार ११:०८ प्रकाशित