पोखरा ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भूभागका केही र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।















