चार प्रदेशमा मध्यम र दुई प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभाग र मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

 

  • २४ श्रावण २०८२, शनिबार ०६:४४ प्रकाशित