पोखरा ।
आज शुक्रबार अमेरिकी डलर, बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको भाउ घटेको छ । यी मुद्राको भाउ हिजो पनि घटेको थियो ।
आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका विदेशी मुद्राको भाउ भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा थियो ।
यही साउन २१ गते अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो ।
त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा छ। हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा थियो।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५८ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५३ पैसा थियो।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४६० रुपैयाँ ३१ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ २९ पैसा र बिक्रीदर ४६० रुपैयाँ २५ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ०१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १५ पैसा थियो।















