काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.३० अंक बढेको छ । सो वृद्धिसँगै २८५० मा कायम भएको छ ।
बजार खुलेपछि आज कुनै पनि समय रातो हुन पाएन । कारोबार क्रममा दिउँसो २ः०४ बजे नेप्से परिसूचक २८६१ अंकसम्म पुगे पनि अन्तिम समयमा केही बिक्री चापले अंकलाई सामान्य प्रभाव पार्यो ।
१८७ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५३ करोडको भयो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.३८ प्रतिशत बढ्यो ।















