लगातार रेकर्ड ब्रेक गरिरहेको अमेरिकी डलरको भाउ आज घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज बिहीबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको भाउ घटेको छ । विगत केही दिनदेखि लगातार उच्च मूल्यको रेकर्ड कायम गर्दै अमेरिकी डलरको भाउमा आज थोरै गिरावट आएको हो । आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा छ ।

हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा थियो । अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो । त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा छ । हिजो युरो एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५३ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५५ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ २९ पैसा र बिक्रीदर ४६० रुपैयाँ २५ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४१ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १५ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४३ पैसा थियो ।

  • २२ श्रावण २०८२, बिहीबार ०६:३४ प्रकाशित