स्टेप बाई स्टेप मावि मासबार, पोखरामा रहेको क्वालिटी सर्कलले गाईजात्रा सम्बन्धी सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतियोगितामा एन्जिल घर्ती मगरको लाखे नाच प्रथम हुन सफल भएको छ । इमा गुरुङको समूहको नृत्य द्वितीय भएको छ भने आरिस्माको समूहले प्रस्तुत गरेको परी नाच तृतीय भएको छ । कार्यक्रममा विभिन्न प्रतियोगी र अप्रतियोगी व्यङ्ग्य, नृत्य, कविता आदि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई हाम्रो संस्कृति बारे जानकारी दिन र उनीहरुको प्रतिभा प्रस्फुरन गर्न महत्वपूर्ण हुने कुरा बताए ।
संस्थापक निर्देशक रमाकान्त बरालले गाईजात्रा नेपालको महत्वपूर्ण सांस्कृतिक पर्व रहेको बताउँदै विद्यार्थी स्वयम् सक्रिय भई कार्यक्रम गर्नु राम्रो कुरा भएको बताए ।
कार्यक्रममा सहप्राचार्य दिपक गिरीले हाम्रो सांस्कृतिक जगेर्ना गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने कुरा बताउँदै विजयी प्रतियोगीहरुलाई बधाई दिए ।
क्वालिटी सर्कलका अध्यक्ष प्रसन्ना पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुविधा लामिछानेले गरेकी थिइन् भने आरिस्मा श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् ।















