आज ७ अर्ब ६३ करोडको सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सेयर बजारमा सामान्य सुधार आएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३५ अङ्कले बढेर २८३६.३५ विन्दुमा पुगेर बन्द भएको छ ।

परिसूचकमा सामान्य वृद्धि भए पनि आज कारोबार भने निराशाजनक देखिएको छ । आज बजारमा कुल ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको कुल कारोबार भयो ।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये ११२ वटाको मूल्य बढेको छ भने १३८ वटाको मूल्य घटेको छ ।

  • २१ श्रावण २०८२, बुधबार १६:२२ प्रकाशित