आज पनि संसदबाट बाहिरिए राप्रपा र रास्वपा सांसद

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि संसद्मा विरोध गर्दै आएको छ ।

आजको बैठकमा रास्वपा सांसद समेत रहेका प्रवक्ता मनीष झा र राप्रपा सांसद रोशन कार्कीले आफ्ना कुरा राखे । लगत्तै उनीहरू बैठक छाडेर बाहिरिएका छन् ।

सांसद झाले भिजिट भिसा र त्यसबारे सिर्जित समस्याको समाधानका लागि सरकार किन गम्भीर नभएको भन्दै प्रश्न गरे । साथै, उनले कुलिङ पिरियडमा देखिएको गडबडीमा सभापति रामहरि खतिवडा जिम्मेवार भएपछि पदमा बस्न उचित नहुने उनले बताए ।

‘हामीलाई पटकपटक नैतिकता र नालायकीपनको प्रश्न सोध्ने गरिन्थ्यो । राज्य, व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ,’ उनले भने, ‘यस्तै समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो । यो नालायकीपनको जवाफ कसले दिने रु’

राप्रपा सांसद कार्कीले आफूहरू आन्दोलिन हुँदा किन बैठक चलाइरहेको भन्दै सभामुखलाई प्रश्न गरिन् ।‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो रु’, उनले प्रश्न गरिन् ।।

  • २१ श्रावण २०८२, बुधबार १३:५६ प्रकाशित