खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

विराटनगर ।

झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको ज्यान गएको छ ।मंगलबार गौरादह नगरपालिका-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको ज्यान गएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।करेन्ट लागेर नेम्वाङको घटनास्थलमै ज्यान गएको हो ।

  • २१ श्रावण २०८२, बुधबार १२:५६ प्रकाशित