एएफसी यू–२० महिला एसियन कप छनोट : नेपालले भुटानसँग खेल्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ ।

समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र भुटान दुवै सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा सहजै हराएको नेपालको मनोबल उच्च हुनेछ । भुटानलाई भने घरेलु मैदान र दर्शकको साथ हुनेछ ।

मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफ यू२० र एएफसी यू-२० एसियन कप छनोट फरक किसिमको प्रतियोगिता भएको बताए । साथै उनले घरेलु टोली भुटानलाई कमजोर टिमको रुपमा समेत नलिने बताए ।

साफ यू – २० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई दुवै खेलमा सहजै पराजित गरेको थियो ।साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ६-१ र ८-० ले पराजित गरेको थियो । यसैगरी गुरुङले समूहको तीनवटै टिमलाई सम्मान गरेर खेल्ने बताएका थिए ।

यस्तै भुटानकी प्रशिक्षक टंक माया घलेले पनि छनोट प्रतियोगिताका लागि तयार रहेको बताइन् ।

  • २१ श्रावण २०८२, बुधबार ११:०२ प्रकाशित