अमेरिकी डलर हालसम्मकै महंगो, यी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज बुधबार अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । अमेरिकी डलरले लगातार उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा छ । नेपाली बजारमा अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा थियो । त्यसैगरि आज युरो एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५३ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०३ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५५ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४१ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १० पैसा र बिक्रीदर ४६० रुपैयाँ ०७ पैसा थियो । आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४३ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८४ पैसा थियो ।

  • २१ श्रावण २०८२, बुधबार ०६:३० प्रकाशित