दुई ठूला दल मिल्दा पनि भ्रष्ट्राचार र दण्डहिनता मौलायो : डा.कोइराला

केन्द्रभाग मिडिया

स्याङ्जा ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेता डा. शेखर कोइरालाले सुशासन कायम गर्न नसक्नु दुई ठूला दल सम्मिलित सरकारको ठूलो कमजोरी भएको बताए । कांग्रेस स्याङ्जाका तत्कालिन सभापति तथा संविधानसभा सदस्य स्व. कमलप्रसाद पंगेनीको ७ औं स्मृति सभालाई स्याङ्जाको भीरकोटमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशमा पछिल्लो समय भ्रष्ट्राचार र दण्डहिनता मौलाउँदै गएको उल्लेख गर्दै सुशासन हराउँदै जाँदा भ्रष्ट्राचार र दण्डहिनता मौलाउँदै गएको चर्चा गरे । उनले भ्रष्ट्राचार र दण्डहिनता बढेकै कारण नागरिकमा नैराश्यता बढेको बताए । ‘सकारात्मक सन्देश र विकासका गतिविधि दु्रत बनाउन ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा समेत सुशासन हराउँदै गएको छ ।’ डा. कोइरालाले भने, भ्रष्ट्राचार र दण्डहिनता मौलाउनुले नागरिकमा नैराश्यता बढाएको छ ।’

कांग्रेस र एमाले मिल्नुको औचित्य पुष्टि गर्न संविधान संशोधनको प्रक्रिया तत्काल शुरु गर्न उनले माग गरका छन् । सरकार बनेको एक वर्ष भईसक्यो, सरकार बनाउनुको औचित्य पुष्टि गर्न ढिला भएको दाबी गर्दै नेता कोईरालाले सरकारको ढिलाईले जनमानसमा व्यवस्थाप्रति आक्रोश बढाउर्दै लगेको जिकिर गरे । पार्टीको आन्तरिक विषयमा बोल्दै नेता डा. कोइरालाले देशको राजनीति, आर्थिक र सामाजिक अवस्था कता गईरहेको छ, दलको आन्तरिक छलफलको विषय बन्नुपर्नेमा त्यसो हुन नसक्दा पछिल्लो समय आफुले राजनीतिक भेटघाटलाई तिव्रता दिएको उनले बताए ।

पार्टीको महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका नेता डा. कोइरालाले समयमै अधिवेशन हुन सकेमा वडा तहसम्म क्रियाशिल हुने पार्टी जीवन्त बन्ने बताए । ठूलो दलको पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक र बाह्यि विषयमा छलफल र भेटघाट बन्द गर्दा पार्टीलाई क्षति पुगेको उनले बताए ।

स्मृति सभामा बोल्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले काँग्रेस घर भएको बताउँदै घरमा देखिएको विवाद घरमुलीले मिलाउनुपर्ने बताए । कांग्रेस घरमा विवाद भए घरमुली शेरबहादुर देउवाले घर मिलाएर लैजानु पर्नेमा उनले जोड दिए ।

सभामा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्रि भिष्मराज आङ्दाबेले देशमा अराजकता मौलाएको बताउँदै अराजकताले सहि विषयमा बहस हुनुको सट्टा अनेक विषयमा बहस भएकोमा उनले चिन्ता जनाए । ‘हामीले समाजलाई सहि मार्गमा हिडाउन सहि विषयमा बहस गर्नु आवश्वक छ ।’ उनले भने, तर पछिल्लो समय देशमा बेतुकका विषयमा बहस चलेको छ ।’ यस्ता बहसले समाजमा अराजकता सृजना गर्ने उनको भनाई थियो ।

स्वर्गीय पंगेनीको स्मृति सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक बहादुर गुरुङ्, सरस्वती तिवारी, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापतिद्धय कल्पना तिवारी, मेखलाल श्रेष्ठ, कांग्रेस कास्कीका नेता यज्ञबहादुर थापा, कांग्रेस तनहुँका नेता रघुनाथ पौडेलले स्वर्गीय कमल पंगेनीले कांग्रेसका संगठनमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

त्यस अवसरमा गण्डकी प्रदेश सांसद तथा नेपाली कांग्रेस स्याङ्जाका नेता भोजराज अर्याल, पूर्व कार्यबहाक सभापति बुद्धिबहादुर राना ‘कुमार’, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जि.टी., कांग्रेसका महासमिति सदस्य छायाँराम खनाल, भरतप्रसाद लम्साल, विष्णु पौडेल, देबी अर्याल, भीरकोट नगर सभपाति यामप्रसाद अधिकारी ‘लक्ष्मण’, स्वर्गीय पंगेनीका दाजु लिला पंगेनी र नेपाली कांग्रेस स्याङ्जा–काठमाडौं सम्पर्क समितिका सभापति देबीप्रसाद अर्यालले बोलेका थिए ।

कांग्रेस स्याङ्जाका सभापति तथा संघीय सांसद राजु थापाको अध्यक्षतामा भएको स्मृति सभामा स्वागत उपसभापति तथा कार्यबहाक सभापति केदार काफ्लेले गरेका थिए भने संचालन सचिव दामोदर लम्सालले गरेका थिए ।

  • २० श्रावण २०८२, मंगलवार २०:१६ प्रकाशित