काठमाडौं ।
विप्लव नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा केन्द्रीय समिति बैठकबाट आवश्यक निर्णय गर्ने भएको छ ।
शनिबार विप्लव निवास हरिसिद्धिमा बसेको अनौपचारिक स्थायी समिति बैठकले आगामी भदौ २२ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टी एकता सम्बन्धमा माओवादीको निर्णय आउनुअघि नै बैठक सम्पन्न भएकाले शनिबारको बैठकमा एकताको विषयमा कुनै छलफल नभएको स्थायी समिति सदस्य कर्णजीत बुढाथोकीले बताए । अब सबै विषय भदौ २२ को बैठकमै छलफल भएर निर्णय हुने उनको भनाइ छ ।













