आज पनि बढ्यो सुन र चाँदीको भाउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो ।

मंगलबार छापावाल सुनको भाउ तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।

यसैबीच चाँदीको भाउ पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो ।

  • २० श्रावण २०८२, मंगलवार १०:५२ प्रकाशित