पोखरा ।
कृषि उपज थोक बजार मन्डी, शान्तिवन पोखराले मंगलबारका लागि थोक मूल्य निर्धारण गरेको छ ।
निर्धारित मूल्य अनुसार रायो साग प्रति मुठाको मूल्य ५० रुपैयाँ देखि ६० रुपैयाँ रहेको छ । पालक साग प्रति मुठा ८० रुपैयाँ देखि १०० रुपैयाँमा कारोबार भएको छ ।
आलु रातो ३२ रुपैयाँ देखि ४० रुपैयाँ, गोलभेडा सानो प्रति केजी ४८ देखि ५७ रुपैयाँ, भिण्डी प्रति केजी ४० देखि ५० रुपैयाँ, लौका प्रति केजी ७० देखि ८० रुपैयाँमा कारोबार भएको छ ।
गोलभेडा ठूलो प्रति केजी ५० देखि ६० रुपैयाँ, आलु सेतो प्रति केजी ३० देखि ३५ रुपैयाँ, करेला प्रति केजी ४० देखि ५० रुपैयाँ, घिरौंला प्रति केजी ५० देखि ६० रुपैयाँ र घिउ सिमी प्रति केजी ८० रुपैयाँ देखि १०० रुपैयाँसम्म कारोबार भएको छ ।















