अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य मुद्राको मूल्य पनि बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज मंगलबार अमेरिकी डलरले हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य पनि बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा छ । नेपाली बजारमा अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा थियो । आज युरो एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा छ। हिजो युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०३ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४० पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५३ पैसा र बिक्रीदर ९० रुपैयाँ ९२ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १० पैसा र बिक्रीदर ४६० रुपैयाँ ०७ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ३३ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८४ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३३ पैसा थियो ।

  • २० श्रावण २०८२, मंगलवार ०६:४३ प्रकाशित