काठमाडौंमा २२०४१ क्याप्सुल लागुऔषधसहित दुईजना पक्राउ

केन्द्रभाग मिडिया

२२०४१ क्याप्सुल लागुऔषधसहित काठमाडौंमा दुई कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका वडा नम्बर ९ घरका ३० वर्षीय सन्तोष तामाङ र नुवाकोट शिवपुरी गाउँपालिका ६ का ३० वर्षीय राम बखती रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुलदिप चन्दले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट ट्रमाडोल २१ हजार ८ सय ७७ क्याम्पसुल, फेनरागन ६० एम्पुल, डाइजेपाम ५० एम्पुल, नुर्फिन ५४ एम्पुल बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

  • १९ श्रावण २०८२, सोमबार १७:०८ प्रकाशित