पोखरा ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई वटा विद्येयक प्रमाणीकरण गरेका छन् ।
मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित भएको छ । यस्तै ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ समेत प्रमाणीकरण भएको छ ।
संविधानको धारा २०१ को उपधारा (२)बमोजिम प्रदेश प्रमुख भट्टले आज सोमबार विधेयक प्रमाणीकरण गरेका हुन् ।













