प्रधानमन्त्री ओली तुर्केमेनिस्तान प्रस्थान

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमेनिस्तानको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् ।

आवाजमा आयोजना हुने तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी हुन नेपाल सरकारको नेतृत्व गर्र्दै ओली गए राति औपचारिक भ्रमणमा त्यस तर्फ प्रस्थान गरेका हुन् ।

यही २० देखि २३ साउनसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यता तर्फ प्रस्थान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नेछन् ।

  • १९ श्रावण २०८२, सोमबार ०५:४१ प्रकाशित