पोखरा ।
मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको ऐना पहरामा भएको यात्रुबहाक बस दुर्घटनामा परेर ७ जना घाइते भएका छन् ।
गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस दुर्घटना हुँदा घाइते सात जना मध्ये दुईजनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
उनीहरु सबैको अहिले अबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
गोरखाबाट छुटेको बस ऐनापहरा नजिक रोकी राखेको अवस्थामा अगाडि बढेर दुर्घटना भएको उनले बताए ।
बसको अगाडिको भाग मस्याङ्दीमा डुबेकाले अरु यात्रुपनि हुनसक्ने आसंकामा खोजी कार्य जारी रहेको छ ।
यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गुमेको थियो ।















