अपडेट

ऐना पहरा दुर्घटनामा घाइते पाँच जनालाई आवुखैरेनी अस्पताल ल्याइयो

केन्द्रभाग मिडिया

पोखरा ।

मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

तनहुँ प्रहरीका अनुसार घाइते ५ जनालाई उद्द्धार गरेर आबुखैरेनी अस्पताल ल्याइएको छ । थप विवरण प्राप्त हुन बाँकी छ ।

यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्‍याङ्‍दी नदीमा खस्दा २७ जनाको ज्यान गुमेको थियो ।

  • १८ श्रावण २०८२, आईतवार १६:५२ प्रकाशित