गोरखाबाट नारायणगढ तर्फ जाँदै गरेको बस ऐन पहरामा दुर्घटना

केन्द्रभाग मिडिया

पोखरा ।

मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्‍याङ्‍दी नदीमा खस्दा २७ जनाको ज्यान गुमेको थियो ।

  • १८ श्रावण २०८२, आईतवार १६:३६ प्रकाशित