मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा बैठक बस्ने तयारी छ ।प्रधानमन्त्री ओली आज मध्यराति तुर्कमेनिस्तान जाँदैछन् । त्यसअघि बैठक बस्न लागेको हो ।

बैठक बस्न मन्त्रीहरू बालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्री ओली बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।

उक्त कार्यक्रम सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् ।

  • १८ श्रावण २०८२, आईतवार १५:४८ प्रकाशित