साताको पहिलो दिन आज सेयर बजार ६३.७३ अंकले घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको पहिलो दिन आइतबार सेयर बजार ६३.७३ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८५८ अंकमा झरेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना नहुँदा बजार २८५७ अंकसम्म झरेको थियो, जुन अंक आजको लागि नै न्यूनतम हो ।

बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ९८ करोडको कारोबार भएकोमा आज १३ अर्ब ७ करोडको भयो । १६ कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो ।

  • १८ श्रावण २०८२, आईतवार १५:४४ प्रकाशित