पोखरा ।
आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ । यी मुद्राको कारोबार हिजोकै मुल्यमा हुनेछ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा छ ।
हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो । त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा छ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा छ । त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा छ ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ४९ पैसा छ । आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३३ पैसा छ ।















