झलनाथ पार्टीबाट बिदा भए हुन्छ : माधव नेपाल

केन्द्रभाग मिडिया

File photo

विराटनगर ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।

खनालले पार्टी नीति विपरीत बोलेकाले बिदा हुनु ठीक हुने नेपालको भनाइ छ । शुक्रबार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा नेपालले पार्टीका सम्मानित नेता खनालले एमाले टुक्र्याउनु गलत भएको अभिव्यक्ति दिनु पार्टी नीति विपरीत रहेको बताए ।

‘उहाँले एमाले टुक्रयाउनु गलत भएको भन्नुभएछ । नैतिकता आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु,’ अध्यक्ष नेपालले भने । खनालले पटक(पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेको भन्दै नेपालले उनको भनाइको अर्थ नरहेको समेत बताए ।

  • १६ श्रावण २०८२, शुक्रबार १५:२२ प्रकाशित