काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ समायोजन गरेको छ । निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँले घटेको छ । डिजल र मट्टितेलको भाउ प्रतिलिटर दुई रुपैयाँ बढेको छ ।
डिजल र मट्टितेलमा भने यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर रु एक सय २८ पुगेको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूची गएराति १२ बजेदेखि लागू भएको छ ।















