ओरालो लाग्न थाल्यो सेयर बजार

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

अघिल्लो दिन करिब ४८ अंक घटेको सेयर बजार बिहीबार ३१.५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २९२२ अंकमा कायम भएको छ ।

आज बजार उतारचढावपूर्ण रह्यो । आजका लागि अधिकतम विन्दु ११:२४ बजे २९६७ अंक रह्यो भने बन्द भएको अंक नै न्यूनतम रह्यो । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन १६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९८ करोडको भयो । ५२ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो ।

  • १५ श्रावण २०८२, बिहीबार १६:०३ प्रकाशित