हेटौंडा ।
बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ ।
आज बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए ।
उनीहरूको शपथ बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा गराउने तयारी थियो । नवनियुक्त मन्त्रीहरूको शपथ हुने सम्बन्धि जानकारी प्रदेश प्रमुख कार्यालयलाई पनि गराइएको थियो । तर, शपथ हुन सकेन ।
नेकपा एमालेले संवेदनशील अवस्थामा मन्त्री नियुक्त गर्नु उपयुक्त नहुने धारणा राखेपछि मुख्यमन्त्री लामा रोकिएका हुन् ।नेकपा एमाले संसदीय दलका नेता नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बहादुरसिंह लामालाई फोन गरेर सरकार विस्तार नगर्न अनुरोध गरेका थिए ।
मन्त्री नियुक्ति र शपथले गलत सन्देश जाने उनले बताएका छन् । एमालेको आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन् ।














