प्रचण्डले बोलाए पदाधिकारी बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

गजुरेलका अनुसार स्थायी समिति बैठकको तयारीका लागि बोलाइएको हो । स्थायी समिति बैठक शुक्रबार बोलाइएको छ ।

  • १४ श्रावण २०८२, बुधबार १०:५३ प्रकाशित