पोखरा ।
आज बुधबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि यी मुद्राको भाउ बढेको थियो । आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ भने घटेको छ । हिजो पनि यी मुद्राको घाउ घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा छ । हिजो युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा थियो । त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा थियो । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५३ रुपैयाँ ७० पैसा र बिक्रीदर ४५५ रुपैयाँ ६६ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५५ रुपैयाँ २४ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २७ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६८ पैसा थियो । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।















