दाउरा टिप्ने क्रममा क्रममा भेरीको बाढीमा फसेका ४ जनाको सकुशल उद्धार

केन्द्रभाग मिडिया

डोल्पा ।

लगातारको वर्षासँगै भेरी नदीको बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा नदीमा फसेका ४ जनाको उद्धार गरिएको छ ।

डोल्पा सदरमुकाम दुनैको नजिकै लामालोटेमा फसेका ४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त पहलमा उद्धार गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले ठुली भेरीको त्रिपुराकोट जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

  • १३ श्रावण २०८२, मंगलवार १२:४५ प्रकाशित