भदौ १० भित्र विधान संशोधन सुझाव पठाउन एमालेको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमालेले आगामी भदौ २० देखि सुरु हुने विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनमाथि सुझाव पठाउन भदौ १० गतेसम्मको मिति तोकेको छ ।

नवौँ केन्द्रीय कमिटी बैठकका निर्णयसहित पार्टी कमिटीलाई अपानि–१२, जारी गर्दै एमालेले विधानमाथिको संशोधन सुझाव पठाउने मिति भदौ १० भित्रलाई तोकेको हो । सुझाव पठाउँदा पार्टी कमिटीहरूलाई एमालेले लिखित रूपमा पठाउन पनि भनेको छ ।

‘केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखित रूपमा भदौ १० सम्म पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी पठाउनु पर्नेछ,’ अपानीमार्फत एमालेले भनेको छ ।

प्रदेश तथा जिल्लाबाट आएको सुझाव विधान महाधिवेशनअघि बस्ने केन्द्रीय कमिटीमा छलफल गरेर समावेश गर्ने नगर्ने समेत जनाएको छ ।

  • १३ श्रावण २०८२, मंगलवार ११:४५ प्रकाशित