पोखरा ।
आज मंगलबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा थियो ।
आज युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा थियो । आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ १० पैसा थियो । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५५ रुपैयाँ २४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ४५४ रुपैयाँ ८७ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६८ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ९८ पैसा थियो ।















