काठमाडौं ।
सोमबार पनि सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २.०७ अंक घटेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा १२ अंक बढेको बजार समायोजनपछि २ अंक घटेको हो ।
सो घटाइपछि नेप्से परिसूचक २९६२ अंकमा कायम भएको छ । हिजो आइतबार पनि बजार १८.४४ अंक घटेको थियो । कारोबार खुलेपछि नै बजार ओरालो लाग्यो ।
१२ ः ३८ बजे नेप्से २९१८ अंकसम्म झरेको थियो, जुन विन्दु आजका लागि न्यूनतम रह्यो । त्यसपछि सम्हालिएको बजार, उतारचढाव हुँदै अन्तिम समयमा झिनो अंकले रातो रहन पुग्यो ।
कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिन २६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १९ अर्ब ३६ करोडको भयो ।















