सिन्धुलीमा एकै परिवारका १६ जना गाउँबाटै बेपत्ता, खोजतलास सुरु

केन्द्रभाग मिडिया

काभ्रेपलाञ्चोक ।

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै बेपत्ता भएपछि अहिले खोजतलास सुरु भएको छ ।

गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि हराएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु छन् ।यसैगरी छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलेको छैन ।

उनीहरूको घरको पालीमा खरको छानाले बनाएको भान्सा मा १२ दिन पहिले नै आगलागी भएको देखिएको तर घरको अन्य भागमा क्षती नभएको प्रहरीको भनाई छ ।

घरमा रहेका पशुचौपाया समेत सुरक्षित नै रहेको तथा घर तथा वरपरको क्षेत्रमा तलासी गर्दा निजहरु कतै नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

  • १२ श्रावण २०८२, सोमबार १६:२३ प्रकाशित