गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता दाजुभाइ मृत भेटिए

केन्द्रभाग मिडिया

विराटनगर ।

रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् ।

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए ।

उनीहरू दाजुभाइ (मामा-फुपुका छोराहरू) हुन् । सोमबार बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ ।

  • १२ श्रावण २०८२, सोमबार १५:०४ प्रकाशित