पोखरा ।
साउन महिनामा महिलालाई लक्षित गर्दे पोखराको प्रतिष्ठित व्यवसायिक प्रतिष्ठान रत्न इम्पोरियमले साडी तथा कुर्था सलवारमा सेल अफर ल्याएको छ ।
पोखराको मुटु मानिने चिप्लेढुंगामा रहेको इम्पोरियमले यही ११ साउनदेखि ३१ साउन सम्मका लागि यस्तो अफर ल्याइएको रत्न इम्पोरियमले जनाएको छ । इम्पोरिएमका अनुसार ५०० देखि १००० हजार रुपैयाँ र १००० रुपैयाँ देखि १५०० रुपैयाँसम्मका सेल अफर ल्याएको हो ।
नेपाली नयाँ वर्षमा टिकटक प्रतियोगिता गरेको रत्न इम्पोरियमले विविभन्न चाडबाड र विशेष अबसर पारेर ग्राहकका लागि विभिन्न छुट प्याकेज ल्याउने गरेको छ । फिक्स मुल्यमा कारोबार गर्ने रत्न इम्पोरियम विगत ३२ वर्षदेखि निरन्तर ग्राहकको सेवामा समर्पित रहेको छ ।













