पोखरा ।
यातायत व्यवस्था कार्यालय सवारी कास्कीले गत आर्थिक वर्ष २०८१/८२ मा भण्डै डेढ अर्ब अर्थात एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा करिव ७ करोड अर्थात ६ करोड ९० लाख ८०३ रुपैयाँ बढी रहेको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष एक अर्ब ४० करोड, ४९ लाख ९४ हजार १९७ रुपैयाँ राजश्व संकलन भएको थियो ।
कार्यालयमा गत आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षभन्दा धेरै सवारीसाधन दर्ता भएका छन् । गत आर्थिक वर्ष १२ हजार ६०३ वटा वारी साधन कार्यालयमा दर्ता भएका छन् ।
अघिल्लो आर्थिक वर्षमा १० हजार एक सय ९१ सवारीसाधन दर्ता भएका थिए । ‘अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा राजश्व र सवारी दर्ता दुबै बढेको छ’ कार्यालय प्रमुख शर्माले भने ।
यातायत व्यवस्था कार्यालय कास्कीमा असार मसान्तसम्म ३ लाख ३० हजार ९६७ वटा सवारी साधन दर्ता भएका छन् ।
उनका अनुसार कार्यालयबाट कास्कीमा आर्थिक वर्ष २०८०/८१ मा ५४५ वटा रुट इजाजत दिइएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा ९४५ वटा रुट इजाजत प्रदान गरिएको प्रमुख शर्माले जानकारी दिए ।















