यस्तो छ आज विदेशी मुद्राको विनियम दर

केन्द्रभाग मिडिया

पोखरा ।
आज सोमबार अमेरिकी डलरको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ । पाउन्ड र बहराइन दिनारको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा छ । हिजो रो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा थियो । आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ १० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा थियो । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ४५४ रुपैयाँ ८७ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ३५ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ९८ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९८ पैसा थियो ।

  • १२ श्रावण २०८२, सोमबार ०६:३२ प्रकाशित