काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने बताएका छन् ।
आइतबार बालुवाटारमा बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताएका हुन् ।
दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको उनले स्मरण गरे । सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनको भनाई थियो ।














