सुनको मूल्य घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार ११०० रुपैयाँ घटेर तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी २ हजार ३४० रुपैयाँ कायम भएको थियो । यस आधारमा चाँदी आइतबार तोलामा ५० रुपैयाँ घटेर कारोबार भएको छ ।

  • ११ श्रावण २०८२, आईतवार ११:१३ प्रकाशित