आज अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज शनिबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा थियो । त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा थियो ।

कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४५४ रुपैयाँ ३५ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ३० पैसा र बिक्रीदर ४५४ रुपैयाँ २७ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९८ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६३ पैसा थियो ।

  • १० श्रावण २०८२, शनिबार ०६:२९ प्रकाशित