इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फर्किए

केन्द्रभाग मिडिया

Symbolic picture

काठमाडौं।

इरानको जेलमा रहेका पाँच जना नेपाली गएराति काठमाडौं फर्किएका छन् । उनीहरु इरानबाट गएराति काठमाडौं आइपुगेका हुन् ।

हालैको इजरायल इरान युद्धका कारण नेपाली नागरिकको सुरक्षा एवं उद्धारका क्रममा इरानको जेलमा पाँच जना नेपाली रहेको पत्ता लागेको थियो ।

त्यसपछि परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाको निर्देशनमा मन्त्रालयले उनीहरुलाई जेलमुक्त गरी स्वदेश फर्काउनका लागि कूटनीतिक पहल सुरु गरेको हो । सो पहलस्वरुप उनीहरु जेलमुक्त भई गएराति स्वदेश फर्किएका हुन् । उनीहरु स्वदेश फर्किएको जानकारी आज परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत गराएको छ । साथै परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले उनीहरु नेपाल फर्किएपछि सो कामका लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेकी छन् ।

  • ९ श्रावण २०८२, शुक्रबार १६:४० प्रकाशित