महोत्तरी ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशलाई सुख्खाग्रस्त हुनबाट बचाउन दीर्घकालीन र तत्कालीन गरी दुई वटा उपाय अवलम्बन गरिने बताएका छन् ।ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका पश्चात आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । उनले यस क्षेत्रमा खानेपानी, सिँचाइको अभाव रहेको हामीले प्रत्यक्ष रुपमा महसुस गर्न पाएको उल्लेख गर्नुहुँदै अहिले मधेश प्रदेशमा दुःखको समय रहेको बताए ।
सर्लाहीबाट नै जमिनको नजिकैबाट हेलिकप्टर उडाएर प्रत्यक्ष रुपमा सुख्खाको अवस्था अवलोकन गरेको बताउँदै प्रधानमन्त्री शर्माले भने, “हेर्दाहेर्दे आयौँ, खासमा जमिनमा रोपाइँ भएकै छैन, पोखरीको पानी घटेको छ ।” खानेपानी, सिँचाइको समस्या, अनावृष्टिको कारणले समस्याले प्रत्यक्ष देखेको प्रधानमन्त्री ओलीले बताए ।
खानेपानी अभाव, सिँचाइ अभाव तथा सुख्खाग्रस्त भएको कारणले नै मधेशलाई मन्त्रिपरिषदको बैठकबाट सङ्कटग्रस्त घोषणा गरिएको बताउँदै उनले सङ्कटग्रस्त घोषणाले मात्रै केही नहुने भएकोले हामीले तत्कालका लागि केही उपाय अवलम्बन गर्ने जानकारी दिए । अहिले तत्कालका लागि अरु विभिन्न कामहरुमध्ये पाँच सय डिप बोरिङ जडान गरिने बताउँदै एउटाबाट ६० बिघा जमिन सिँचाइ गर्न सकिने बताए ।














