२१ अर्ब रुपैयाँ बराबरको नोट छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र ९टेन्डर० आह्वान गरेको छ। बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्नका लागि बोलपत्र आह्वान गरेको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै पूर्वयोग्यता सेक्युरिटी प्रिन्टरहरूबाट बोलपत्र मागेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत नोटको डिजाइन, छपाइ, आपूर्ति तथा डेलिभरीका लागि यो ठेक्का खुलाइएको हो ।

इच्छुक पूर्वयोग्य सूचीमा रहेका कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ को दिउँसो १२ बजेभित्र आफ्नो बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बुझाइसक्नु पर्नेछ। बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने सूचनामा उल्लेख छ।

यसअघि अगस्ट १७, २०२५ मा प्रि–बिड बैठक आयोजना गरिनेछ। बोलपत्रमा सहभागी हुन चाहने कम्पनीले २० हजार नेपाली रुपैयाँ वा ९१४६ अमेरिकी डलर, १२६ युरो, १०( पाउन्ड स्टर्लिङ)तिरेर बोलपत्र फारम खरिद गर्न सक्नेछन्।

साथै, बोलपत्र पेस गर्दा न्यूनतम ४ करोड रुपैयाँ बराबरको बिड सेक्युरिटी पनि पेस गर्नुपर्नेछ।

  • ९ श्रावण २०८२, शुक्रबार ११:४६ प्रकाशित