जिल्ला प्रहरी परिसर काठमाडौंले ६ के.जी चरेशसहित एक महिलालाई पक्राउ गरेको छ ।
साउन ७ गते हिजो बुधबार काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुङगल स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेकी महिलालाई चेकजाँच गर्दा ६ के.जी चरेश फेला परेपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वडा २ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ९ मच्छेगाँउमा भाडामा बस्ने वर्ष ३९की पार्वती मगर रहेकी प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी अपिलराज बोहराले बताए ।
पार्वतीले बोकेको रातो रंगको जेब्रा झोलाभित्र लुकाई छिपाई रािखेको अवस्थामा लागुऔषध चरेस १२ वटा प्याकेटमा बरामद भएको बोहोराले जानकारी दिए । उक्त चरेस तौल गर्दा ६ केजी रहेको पाइएको प्रहरीले बताएको छ । पक्राउ परेकी पार्वतीमाथि ५ दिनको म्याद लिई अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।















