प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आएन : सीपी गजुरेल

केन्द्रभाग मिडिया

काठमाडौं।

मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सीपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताएका छन् । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै गजुरेलले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताएका हुन् ।

बुर्जुवा गणतन्त्रले देशेको विकास गर्न नसक्ने उनको भनाइ छ । अहिलेको गणतन्त्र पुँजीपति, दलाल र नोकरशाही, पुँजीपति वर्गको भएको उल्लेख गरे । आफूहरू बुर्जुवा गणतन्त्रको लागि नलडेको तर पुष्पकमल दाहाल र डा। बाबुराम भट्टराईको गद्दारीका कारण जनगणतन्त्र आउन नसकेको उनको आरोप छ ।

  • ८ श्रावण २०८२, बिहीबार १६:४१ प्रकाशित